जनजाति फिल्म एवम् सङ्गीत अवार्ड घोषणा

काठमाडौं,
असार ३० ।

जनजाति फिल्म एवम् सङ्गीत अवार्ड घोषणा गरिएको छ । हुकुम मल्टिमिडियाले ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९ थाइल्यान्डमा आयोजना गर्न लागेको हो ।

सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अवार्डबारे जानकारी दिइयो । आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड गर्न लागिएको जानकारी हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले दिए ।

०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । यस कालखण्डमा निर्माण भएका कूल ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने भएको छ ।

घोषणा समारोहमा बोल्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले जनजाति फिल्मको अन्तर्राष्ट्रियकरण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुङ्गा हुने बताए ।

अवार्डमा फिल्मतर्फ कूल १६ र सङ्गीततर्फ ११ विधा राखिएको छ ।

सोही समारोहमा चलचित्र प्राविधिक सङ्घले गर्न लागेको नेफ्टा अवार्डको मिति समेत घोषणा भएको छ । अध्यक्ष पुष्कर लामाले आगामी दशैंदेखि तिहारभित्र विदेशमै अवार्ड गर्ने तयारी भएको जनाए ।

यसमा तपाइको मत

अन्य समाचार