रातो गलबन्दीको फष्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक

काठमाडौं,
असार २९ ।

चलचित्र ‘रातो गलबन्दी’ को फस्र्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक गरिएको छ ।समाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फष्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने यो चलचित्रमा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

अनिश थापाको निर्देशनमा बनेको चलचित्रको सार्वजनीक पोष्टरमा केकी, कोसिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको चलचित्रको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने सङ्गीत बिनोद खुम्बुले सृजेका हुन ।

मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको चलचित्रको सहनिर्माता बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त चलचित्र भएको बताउछन् ।

पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको चलचित्रको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ, मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार