काठमाडौं,
असार २८ ।
गायक खुमन अधिकारी र मालती खरेलको नयाँ तीज गीत ‘पैसा मागम की…’ सार्बजनिक भएको छ । गायक खुमन अधिकारीको शब्द तथा सङ्गीत रहेको यस गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् ।
छायाँकार दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल शंकर बिसी र रश्मि तामाङलाइ फिचर्ड गरिएको छ ।






