काभ्रे
असार २३ ।
सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई काभ्रेबाट पक्राउ गरेको छ ।
बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सिरिन्ज आक्राणमा उनको संलग्नता रहेको भन्दै स्थानीयले दिएको सूचनामा आधारमा उनी पक्राउ परेको बताइएको छ ।






