काठमाडौं,
असार २१ ।
बरिष्ठ कलाकार उत्तम केसी, गीतकार वसन्त वित्यासी थापा र नायक तथा गायक श्यामकुमार मिश्राले शास्वत इन्टरप्राइजेजको उद्घाटन गरेका छन् । उनीहरुले टोखा–१० स्थित सामाखुशीमा रहेको शास्वत इन्टरप्राइजेजको उद्घाटन गरेका हुन् ।

साहित्यकार मिलन शाह शंकरले सञ्चालनमा ल्याएको यो इन्टरप्राइजेजको शनिवार एक कार्यक्रमबीच उद्घाटन गरिएको थियो ।

सो अवसरमा नायिका तथा गायिका सारिका घिमिरे, कलाकार दीपेन्द्र सिंह दर्नाल, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, गीता अधिकारी, किसन अर्याल, गायक तथा सङ्गीतकार भीम विसी, गायक धु्रव विश्कोलगायतको उपस्थिति रहेको थियो ।






