शैली थिएटरमा ‘अझै दुख्छ घाउ’ मञ्चन

काठमाडौं,
असार २० ।

शैली थिएटरले द्वन्द्व पिडितहरुको अवस्थालाई चित्रण गर्ने नाटक ‘अझै दुख्छ घाउ’ मञ्चन गरेको छ । महिला, कानुन र विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा नाटक मञ्चन गरिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको पाँच दिनसम्म चल्ने यो कार्यक्रममा नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्व पिडितबारे फोटो प्रदर्शनी, वृतचित्र प्रर्दशन र छलफल चलाइनेछ ।

नाटकले द्धन्द्धका क्रममा मानसिक सन्तुलन गुमाएकी राधिका र तहसनहस भएको उनको परिवारको पिडालाई प्रस्तुत गरेको छ ।

शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार गरिएको यस नाटकमा प्रियंका चौधरी, देबेन्द्र बब्लु, सुवास सुवेदी, रोबिन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रुपक काफ्ले, प्रकृस्ट रेग्मीले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार