काठमाडौं,
असार १५ ।
आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो…’ सार्वजनिक भएको छ । ङवा फिङ्गु पाख्रिनको शब्द तथा सङगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=QK6A3QPIZxU
शिव बिकेले निर्देशन गरेको गीतको भिडियोमा समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ ।






