एसइईको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं,
असार १२ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको हो ।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको छट।यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

एसइइको नतिजा थाहा पाउन नेपाल टेलिकमका फोनहरुबाट १६०० मा आईभिआर र एसएमएस गरेर पनि लिन सकिन्छ भने एनसेलका मोबाईल बाट १६०० मा एसएमएस गरेर पनि जानकारी लिन सकिन्छ ।

त्यस्तै गरी www.see.gov.npwww.doe.gov.npwww.moest.gov.npwww.see.ntc.net.npमा गएर पनि रिजल्ट हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार