लहान,
असार ३ ।
लहानमा पहिलो पटक फेशन शो सम्पन्न भएको छ । ‘लहान फेस्ट २०१९ ः फेसन शो एण्ड म्युजिकल कन्सर्ट’ बाटिका टुरीजम पार्क लहानमा सम्पन भएको हो । उक्त फेसन सो काठमाडौंको एल एण्ड एन मोडल एजेन्सीले गरेको थियो ।
यसअघि यसै कम्पनिले मिर्चयामा पनि यस्तै फेसन शो सफल सम्पन्न गरिसकेको छ । लहान फेसन सो को प्रमुख आकर्षणको रुपमा लोकप्रिय गायक तथा सङ्गीतकार कमल खत्री थिए । पछिलो समय खत्री आफ्नो गीतबाट मोडलको रुपमा पनि परिचित हुदै आएका छन् । उक्त शोमा खत्रीले आत्मामा, जाउला रेलैमा, मलाई गोली हान्यो, झुमा झुमालगायतका गीतहरु गाएका थिए । यस्तै पछिलो समय चर्चित लोक गीत ‘लालुमै’ गीत गाएर चर्चा बटुलेका लोक गायक सन्दिप न्यैपानेको पनि प्रस्तुति रहेको थियो ।
फेसन सो को अर्का आकर्षण थिए उदयमान गायक कर्णराज गिरी, उनले ‘तिम्रो हेराई लजालु’, ‘तिमै लागि माया यो ज्यानै हाजिर छ’लगायतका गीत गाएका थिए ।
अर्का कलाकार छिरीङ लामाले भने भोजपुरी र अन्य गीतमा नृत्य देखाएकी थिइन भने अन्य स्थानिय कलाकारको पनि बेजोड प्रस्तुति रहेको थियो ।
यसैगरि लहान भित्र फेशन शो वा र्याम्प मोडलिङमा लुकेर बसेका दर्जन बढि युवायुवतीहरुले विभिन्न भेषभुषाहरुमा आफ्नो र्याम्प प्रस्तुति देखाएका थिए ।
यता मिर्चयामाको फेशन शोमा सहभागी युवायुवतीहरुले पनि र्याम्प गरेका थिए । ‘लहान फेस्ट’मा सम्पुर्ण र्याम्प मोडलहरुलाई लहानको स्थापित ‘स्मार्ट टेलर्स’ले ड्रेस डिजाईन गरि उपलब्ध गराएको थियो ।






