यस्तो आयो ‘सानो मन’को ट्रेलर

काठमाडौं,
असार २ ।

चलचित्र ‘सानो मन’को ट्रेलर सार्वजनिक गरिएको छ । यही असार २० गते देखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘सानो मन’को ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रको यसअघि सार्वजनिक गीत ‘रानु कम्मर’ले चर्चा पाइरहेको बेला निर्माण पक्षले आइतबार ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढावलाई देखाइएको छ ।

सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको अभिनय छ ।

https://www.youtube.com/watch?v=NGRDtlixyfI

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको छ भने भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको चलचित्रमा आलोक शुक्लाको छायाँकन रहेको छ ।

काठमाडौं, भैरहवालगायतका ठाउँहरुमा छायाँकन भएको यस चलचित्रको एउटा गीत थाईल्यान्डको पतायाको समुन्द्री किनारमा छायाँकन गरिएको छ ।

योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर चलचित्रकाा निर्माता रहेका छन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार