बाग्लुङमा तीनदिने बृहत निःशुल्क योग तथा विशेषज्ञ आयुर्बेद शिविर

बाग्लुङ,
जेठ ३० ।

बाग्लुङमा बृहत निःशुल्क योग तथा विशेषज्ञ आयुर्वेद शिविर आजदेखि शुरु भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा स्वास्थ्य जीवन अभियान अन्तर्गत जेठ ३० गते देखि ३२ गते सम्म बृहत निशुल्क योग शिविर र ३० गते विशेषज्ञ आयूर्वेद स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।

मन्त्रालयका कार्यक्रम संयोजक नवीन किरण भुसालका अनुसार आजभोली नसर्ने रोगहरुको प्रकोप बढिरहेको साथै नसर्ने रोगको कारणले अकाल मृत्युको दर बढिरहेको सन्दर्भमा योग जीवन शैली व्यवस्थापन र आयूर्वेदको माध्यमबाट यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिने हुनाले शिविरको आयोजना गरिएको हो ।

शिविरमा बिहान ६ बजे देखि ८ बजे सम्म ब्राउन आइज पार्टी प्यालेसमा डा. योगी विकासानन्दको योग प्रशिक्षण साथै धौलागिरी अञ्चल आयुर्वेद औसद्यालयमा ३० गते बिहान १० बजे देखि दिउसो ४ बजे सम्म निःशुल्क औषधी वितरण प्रयोगशाला सेवा सहित बिशेषज्ञय आयुर्वेद स्वास्थ्य शिबिर सञ्चालन गरिने कार्यक्रम रहेको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार