काठमाडौं,
जेठ २७ ।
वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियको निर्देशनमा ‘तिमी सुनमा जोखिने मान्छे म सुनपानीले चोखिने मान्छे’ गीतको भिडियो छायाँकन गरिएको छ । जातिय विभेदको प्रेममा आधारित गीतको भिडियो छायाँकन गरिएको हो । केटा र केटीबीचको बालापन आत्मीयता एवम् वयस्कमा झाँगिएको प्रेमलाई चित्रण गरि तयार पारीएको गीतमा भिडियो निर्माण गरिएको छ ।
गीतकार प्रकाश के.सी.ले गीत लेखेका हुन् भने शरद समिपले गीतलाई गाएका हुन् । चित्रकार एवम् सङ्गीतकार ज्योतिप्रकाश बिकले गीतमा सङ्गीत दिएका छन् भने विष्णु अधिकारीले सङ्गीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल फिचरिङ भएकी छन् । त्यस्तै वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला, स्वयम् गायक शरद समिपले गीतमा अभिनय गरेका छन् । यस्तै बाल कलाकार कुशाग्रह भट्टराई एवम् एञ्जेल राई पनि गीतको अभिनयमा छन् भने निर्देशक माधबराज खरेल समेत भिडियोमा देख्न सकिन्छ ।
भिडियोलाई मुकेश हुमागाइले छायांकन गरेका छन् भने ड्रोन अपरेटिङ रविन वजगाइले गरेका छन् । राम ढकालको स्टिल फोटोग्राफी एवम् कविता तोलाङ्गीको श्रृंगार गीतमा रहेको छ । गीतमा एसोसिएट निर्देशकका रुपमा माधबराज खरेल रहेका छन् ।






