काठमाडौं,
जेठ २१ ।
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड रगरिमा विकास बैङ्क लिमिटेड काठमाडौंबीच बैङ्क अस्योरेन्स सम्झौता भएको छ । उक्त बैङ्क अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र गरिमा विकास बैङ्क लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
सो बैङ्क अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैङ्कका ग्राहकहरुले गरिमा विकास बैङ्क लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७४ शाखाहरु मार्फत सेवा प्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवनलगायतका बीमा योजनाहरू ल्याएको छ ।






