काठमाडौं,
जेठ २० ।
देवी घर्ती र नबराज दाहालको स्वरमा रहेको गीत ‘आँशु झारी झारी…’ सार्वजनिक भएको छ । नबराजकै लय तथा शब्द सिर्जना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सबिन गौतमले निर्देशन गरेको गीतको भिडियोमा सबिन आफैँ र प्राश्ना दाहालको अभिनय रहेको छ । सागर गौतमको छायांकन रहेको भिडियोमा बिनोद बमको सम्पादन रहेको छ । गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।






