काठमाडौं,
जेठ १३ ।
रामकृष्ण ढकालको स्वरमा नयाँ देशभक्तिको गीत आएको छ । ‘रुपमा सारै सुन्दर छिन्, यि नेपाल आमा हाम्रै हुन…’ गीतको भिडियो सार्वजनिक भएको हो । उमेश प्याकुरेलको रचना र सरोज प्याकुुरेलको सङ्गीत रहेको छ गीतमा ।
स्टुडियो छायाँकन गरिएको गीतमा देशको सुन्दरता र बहुमुल्य जडिबुटीलाई सम्बोधन गरिएको छ । सुरेन्द्र श्रेष्ठले छायाँकन तथा सम्पादन गीतमा मनोहर सुनामको एरेन्ज रहेको छ भने उक्त गीतलाई भोला पौडेलले रेर्कडिङ तथा मिक्सीङ गरेका छन् ।






