काठमाडौं,
जेठ १२ ।
काठमाडौँको सुकेधारा र अनामनगरमा भएको विष्फोटमा तीन जनाको मृत्यु भएको छ । सुकेधारामा भएको विस्फोटमा परेर दुई जनाको मृत्यु भएको हो भने अनामनगरमा एक जनाको मृत्यु भएको हो । घटनामा ६ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँकाअनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो । बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ । अनामनगर विष्फोटमा परेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।






