चलचित्र ‘सानो मन’को ‘रानु कम्मर’ (भिडियोसहित)

काठमाडौं,
वैशाख २३ ।

चलचित्र ‘सानो मन’को ‘रानु कम्मर’ गीत सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार एक कार्यक्रमबीच असार २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर चलचित्र ‘सानो मन’ को पहिलो गीत ‘रानु कम्मर’ सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=ANy6NimqGZ4

गीतको भिडियोलाई बलिउड हिरो सलमान खानका डान्स ट्रेनर रहेका साजन सिंहले निर्देशन गरेका छन् । रवि मल्ल र रोमन बज्रचार्यको शब्द रहेको गीतमा कल्याण सिंह र रोमनकै सङ्गीत रहेको छ भने रोमनलाई सिमा राई र सुयोग गुरुङले गायनमा साथ दिएका छन् ।

गीतको भिडियोमा आयुष्मान र शिल्पासँगै गौरी मल्ल रश्मी भट्ट, विशाल पहाडी फिचर्ड छन् । सुयोग गुरुङको डेब्यू निर्देशनमा रहेको यो चलचित्रको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायाँकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको चलचित्रलाई आलोक शुक्लाले छायाँकन गरेका छन् ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर सम्पादन गरिरहेका छन् भने भिएफएक्स नगेश कँडेलको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार