कपिलवस्तु,
वैशाख १६ ।
कपिलवस्तुमा एक युवतीको हत्या भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो ।
मृतक सुनीताको शव सोमबार विहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । ढुङ्गाले हानेर युवतीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले युवतीको ढुङ्गा प्रहारबाट मृत्यु भएको आशङ्कामा उनका श्रीमान २१ वर्षका सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको जानकारी गराएको छ ।






