कप्सको सुन्दरी देखेर आँखा सन्कियो… (भिडियोसहित)

काठमाडौं,
वैशाख ८ ।

चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दास्रो गीत सार्वजनिक गरिएको छ । आगामी जेठ १७ देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्रको ‘सुन्दरी देखेर आँखा सन्कियो…’ सार्वजनिक गरिएको हो ।

सुरेन्द्र रानाको शब्द, मिना निरौला र स्वयम्भुराज शाक्यको स्वर रहेको गीतमा स्वयम्भुराजकै सङ्गीत रहेको छ ।
यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । जहाँ चलचित्रका खलचरित्रहरु छन् । उनीहरुको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप बिक्रम शाही पुग्छन् ।

गीतमा कलाकार रिया प्रधानकोे नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

सम्राट सापकोटाले निर्देशन गरेको यो अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ ।

आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार