नेपाल भारत सीमा तीन दिनका लागि बन्द

झापा,
वैशाख ४ ।

नेपाल भारत सीमा क्षेत्र हिजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदानका कारण नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रशासनले जनाएको छ ।

यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग सीमाना जोडिएका पानी ट्याङ्की नक्साल वाडीलगायत क्षेत्रमा लोकसभा सदस्यको निर्वाचन मतदान हुने भएकाले सुरक्षालाई ध्यान राखेर भारतीय पक्षले हिज बेलुका ६ बजेदेखि पानी ट्याङ्कीमा सीमा बन्द गरेको हो ।

सीमा नाका बिहीबार बेलुका ६ बजेसम्मका लागि बन्द गरिएको छ । तीन दिनसम्म सवारी साधनसहित कुनै पनि व्यक्ति हिँड्न नपाउने गरी नेपाली सुरक्षाकर्मीसँग सहकार्य गरेर भारतीय सुरक्षाकर्मी बाक्लो रुपमा उपस्थित छन् ।

यसमा तपाइको मत

अन्य समाचार