काठमाडौं,
वैशाख २ ।
नयाँ वर्षको अवसर पारेर ध्रुव विश्को र भगवती भट्टराईको स्वरमा रहेको गीत ‘पिलनको टिकट काटी…’ सार्वजनिक भएको छ । संजय विश्कोको शब्द, ध्रुवकै कम्पोज र आमोश तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिव वि.क.को निर्देशन रहेको गीतको भिडियोमा पुष्प खडका र सुकमित घिसिङलाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको गीतको भिडियोलाई दिनशोन शाहले सम्पादन गरेका छन् ।
सुदुर पच्छिमको भाषा प्रयोग गरिएको यो गीत जति राम्रो छ भिडियो पनि त्यतिकै राम्रो बनेको छ । आफ्ना अन्य गीतले जस्तै यो गीतले पनि स्रोता/दर्शको साथ पाउनेमा आफू आशावादी रहेको ध्रुवले बताए ।
यस अघि सार्वजनिक गीत ‘डिट पडिजाउ’को सफलता पछि ‘पिलनको टिकट काटी…’ ‘डिट पडिजाउ २’ स्रोता/दर्शकमाझ ल्याएको पनि ध्रुवले जानकारी गराए ।






