काठमाडौं,
चैत्र १३ ।
मिना निरौला र हरिशरण सायमीको स्वरमा रहेको गीत ‘बैंशालु ती डाली…’ सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा उक्त गीतको म्यजिक भिडियो मंगलबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
कार्यक्रमलाई स्वागत गर्दै गायक तथा सङ्गीतकार हरिशरण सायमीले गीतसङ्गीतमा गरिएको मेहनतभित्र ‘बैंशालु ती डाली…’ बोलको गीतले सबैको मन जित्नेमा विश्वास व्यक्त गरेका थिए ।
साहित्यकार कलानिधि दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै जोखिम मोल्न सक्नु नै सफलता भएको बताए । गीतकार मनिषा प्रसाईंलाई साधुवाद दिँदै साहित्यकार दाहालले प्रवासमा रहेर पनि गीतसङ्गीत र साहित्यमा होमिनु आफैंमा चुनौतिपूर्ण रहेको बताए ।
त्यस्तै गायक कलाकार यमनकृष्ण श्रेष्ठले हरिशरण सायमी आफ्नो अण्डा चिउरा खाने साथी भन्दै उहाँको क्षमताको प्रसंशा गरेका थिए । सङ्गीतमा आफ्नो एउटा राम्रो साथी हरिशरण सायमी भएको बताए ।
त्यस्तै वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले महसञ्चारको पहिलो रोजाईको सङ्गीतकार, एरेन्जर हरिशरण सायमी भएको बताउँदै सिर्जनामा राम्रो दख्खल भएका व्यक्तित्व भएको बताएका थिए भने गीतकार मनिषा प्रसाईंले प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतको योगदानमा महन्वपूर्ण भुमिका खेल्नुभएको भन्दै प्रशंसा गरेका थिए ।
बैंशालु ती डालीलाई मनिषा प्रसाईंले लेखेकी हुन् भने हरिकृष्ण सायमीले सङ्गीत तथा सङ्गीत संयोजन गरेका छन् । मिना निरौला र हरिकृष्ण सायमीको स्वर रहेको छ । भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन् । माधव वेल्वासेको सम्पादन रहेको भिडियोमा आयुष र सृष्टिको अभिनय छ ।






