‘लभ स्टेशन’को ‘मेरो आँगनीमा आज जुन उदायो…’ सार्वजनिक (भिडियोसहित)

नयाँ वर्षको छेको पारेर चैत्र २२ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत ‘मेरो आँगनीमा आज जुन उदायो…’ सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई सोमबार बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई देखाईएको छ ।

अभिनेता प्रदीपका अनुसार उनी यो चलचित्रमा एउटा लोक व्याण्डका भोकलिस्ट (गायक) हुन्छन् । यो गीतबारे उनले भने,‘ लभ स्टेशन क्याफेमा म आफ्नो ब्यान्ड सहित गायनको तयारीमा हुन्छु । सोही क्याफेमा जसिताको आगमनपछि मैले उनको प्रशसामा यो गीत गाउँछु ।’ यो चलचित्रमा आफु कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिकामा रहेको पनि अभिनेता प्रदीपले जानकारी गराएका छन् ।

बरिष्ट सङ्गीतकार शम्भुजीत बासकोटाको सङ्गीत रहेको यो गीतमा युवा गायक सुरेश लामाको स्वररहेको छ । गीतलाई लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् ।

चलचित्रमा यो गीत मार्फत अभिनेता प्रदीपलाई गायकको रुपमा स्थापित गराईको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । चलचित्र सिनेमाघरमा आउने मिति नजिकिँदै गर्दा आफुहरु प्रचार प्रसारमा व्यस्त रहेको पनि प्रस्तुतकर्ता शाहीले जानकारी गराए । उनका अनुसार लभ स्टशन टिमले मँगलबारदेखि मोफसलको यात्रा पोखराबाट सुरु गर्दैछ ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको सङ्गीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रका निर्माण नियन्त्रकमा राजेन्द्र रावल हुन् ।

यसमा तपाइको मत

अन्य समाचार