वल्र्ड रेकर्डका लागि एकसय १२ जनासँग समिटको अँगालो

काठमाडौं,
चैत्र ३ ।

वल्र्ड रेकर्डका लागि समिट तिमिल्सिनाले एकमिनेटमा एकसय भन्दा बढी व्यक्तिसँग अँगालो मारेका छन् । आज (आइतबार) बिहान काठमाडौंको तारकेश्वर नगरपालीकामा रहेको गुरुकुल स्कुल नेपालटारमा एक कार्यक्रमबीच उनले वल्र्ड रेकर्डका लागि एक मिनेटमा एकसय १३ जनासँग अँगालो मारेका हुन् ।

यो रेकर्ड यो भन्दा अघि अमेरिकाका जसोन राइटर (Jason Writter)को नाममा थियो । जसोनले सन् २०१७ अक्टोबर ९मा ८६ जनासँग अँगालो हालेर यस्तो रेकर्ड बनाएका थिए । अब यो रकेर्ड नेपालका समिटको नाममा आउँने भएको छ ।  १४ वर्षिय समिट काठमाडौंको तारकेश्वर-२१मा रहेको गुरुकुल पब्लिक स्कुलमा कक्षा ८ मा अध्यननरत छन् ।

यसमा तपाइको मत

अन्य समाचार