काठमाडौं,
चैत्र २ ।
प्रताप दास र गीता राईको स्वरमा रहेको गीत ‘मुहारमा तिम्रो खुशी…’ सार्वजनिक भएको छ । हिंमाशु रायमाझी ‘गोधुली’को शब्द, भीम विसीको सङ्गीत र उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काले निर्देशन, सुवोल थापाले कोरियोग्राफ गरेको गीतको भिडियोमा रंजित पौडेल र केकी अधिकारी फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।






