जेष्ठ तीनमा आउने भयो ‘वीरविक्रम २’

काठमाडौं,
फाल्गुन ११ ।

चलचित्र ‘वीरविक्रम २’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले शुक्रवार औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्र अर्को वर्षको जेष्ठ तीन गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तय भएको छ ।

निर्देशक तथा निर्माता मिलन चाम्सले अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर शुक्रबार चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

यही मितीमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर चलचित्र ‘प्रेम दिवस’ पनि प्रदर्शनमा आउँदैछ । सुदीप बरालको छायाँकन रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्धाजको कथा रहेको छ ।

चलचित्रमा चलचित्रमा पलसँगै मा वर्षा सिवाकोटी र नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रको सार्वजनिक गीत ‘पिरतीको मिठो तिर्सना’ले राम्रै चर्चा पाइरहेकोक छ यतिवेला ।

 

यसमा तपाइको मत

अन्य समाचार