‘रेलिमाई २’ लिएर आए आर्जन (भिडियोसहित)

काठमाडौं,
फाल्गुन ६ ।

‘रेलिमाई’को सफलतापछि गायक तथा मोडल आर्जन पाण्डेले ‘रेलिमाई २’ लिएर आएका छन् । गीतको भिडियो आइतबार सार्वजनिक गरिएको हो ।

रेलिमाई सिक्वेललाई आर्जनले ‘झिमिक्कै परेली’ शिर्षक दिएका छन् । फिमेल भोकलमा मेलिना राईले आर्जनलाई साथ दिएकी छन् । गीतको भिडियोमा आर्जनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँधेका छन् ।

विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा सम्पादन प्रविण श्रेष्ठको छ भने छायाँकन अर्जुन तिवारी एण्ड टिमको रहेको छ । प्रतिक पौडेलको सङ्गीत रहेको गीतको भिडियोलाई रेसुभिल्ला आसपासमा खिचिएको छ जसलाई निर्देशक भण्डारीले फिल्मी शैलीमा आकर्षक बनाएका छन् ।

आठ महिना पहिले सार्वजनिक गीत ‘रेलिमाई’लाई ७५ लाख भन्दा बढी पटक हेरिएको छ । आर्जन पाण्डे र इन्दिरा जोशीले स्वर भरेको यो गीतको भिडियोमा आर्जन र ईन्दिरा फिचर छन् ।

यसमा तपाइको मत

अन्य समाचार