घुम्नै पर्ने शहरमा काठमाडौं पाँचौ स्थानमा

काठमाडौं,
फाल्गुन ५ ।

सन् २०१९ मा घुम्नै पर्ने शहरमा काठमाडौं पाँचौ स्थानमा छ । लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नै पर्ने १० शहरको सूची सार्वजनिक गरेको छ जसमा नेपालको काठमाडौं पाँचौ स्थानमा परेको हो ।

सन् २०१५ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौं विस्तारै पुरानै अवस्थामा फर्किन थालेको लोन्ली प्लानेटले लेखेको छ । यस्तै क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनर्स्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको उल्लेख गरिएको छ ।

सूचीको पहिलो स्थानमा डेनमार्कको केपेनहेगन रहेको छ । दोस्रो नम्बरमा चीनको सेन्झेन, तेस्रोमा सर्बियाको नोभी साड, चौथोमा युएसएको मायामी रहेको छ ।

यस्तै, छैटौं स्थानमा मेक्सिकोको मेक्सिको सिटी, सातौंमा सेनेगलको डकार, आठौंमा अमेरिकाको सिएटल, नवौंमा क्रोएशियाको जादार र १० औं स्थानमा मोरोक्कोको मेक्नेस रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार