बक्स अफिस फिल्म फेयर अवार्डको ११औं संस्करण अष्ट्रेलियामा हुँदै

काठमाडौं,
फाल्गुन ४ ।

बक्स अफिस फिल्म फेयर अवार्डको ११औं संस्करण अष्ट्रेलियामा हुने भएको छ । नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा आयोजना हुँदै आएको नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको ११औ संस्करण अस्ट्रेलियामा हुने भएको हो ।

आयोजकका अनुसार अवार्डका लागी नेपालवाट झण्डैं ८० जना चलचित्रकर्मीको उपस्थिती रहनेछ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको संयोजकत्वमा ९ सदस्य निर्णायक समितिले विभिन्न ३२ विधामा एवार्डको छिनोफानो लगाउँदैछ ।

२०७४ चैत्र मसान्तसम्म प्रदर्शनमा आएका ८३ चलचित्रले यो अवार्डमा प्रतिस्पर्धा गरेका छन् । लामो समयदेखी निरन्तर रुपमा आयोजना हुदै आएको उक्त अवार्ड अन्र्तगत यसअघिका संस्करण विभिन्न देशमा सम्पन्न भएका थिए ।

अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चलचित्र र कलाकर्मीको पहुँच पुर्याउने र नेपाली कला तथा संस्कृतीलाई बिश्वमाँझ फैलाउने उद्देश्यअनुरुप स्थापना भएको यो संस्थाले राष्ट्रिय बक्स अफिस फिल्म फेयर एवार्ड, ग्लोबल मोसन पिक्चर्स एवार्ड, नेशनल बक्स अफिस म्युजिक एवार्ड, ब्लकबस्टर चलचित्र एवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान, नेशनल हिरो अवार्ड, बक्स अफिस च्याम्पियन कप तथा धार्मिक, सामाजिक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आईरहेको छ ।

आगामी अप्रिल ७ तारिखमा सिड्नीको मराना अडोटोरियम हलमा भव्य समारोहका विच एवार्ड हुने कार्यक्रम संयोजक दिवस पोखरेलले जानकारी दिए । बि.एम.डब्लु. एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन तथा बि.एम.डब्लु. इभेन्टको प्रस्तुतीमा हुन गइरहेको अवार्डका लागी आयोजक संस्थाका प्रबन्धक निर्देशक मणि सिलवालको अध्यक्षतामा इभेन्ट निर्देशक दिवस पोखरेलको संयोजकत्वमा सिड्नीमा करिब ६ महिनादेखि यसको तयारी सुरु गरिएको थियो । अवार्ड कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागी शिरिष बिक्रम थापा र अर्चना थापाले प्रमुख व्यवस्थापनको जिम्मा लिएका छन् ।

अवार्डलाई भब्य रुपमा सफल र आम दर्शकलाई भरपुर मनोरञ्जन प्रधान गर्न प्रसिद्ध र लोकप्रिय कलाकारहरूले बिजोड प्रस्तुति दिने भएको छ्न । अवार्डमा नृत्य, गायन र हाँस्य प्रस्तुतिले दर्शकलाइ भरपुर मनोरञ्जन प्रधान गर्न लोकप्रिय हास्यकलाकार केदार घिमिरे माग्ने बुढा, बरिष्ठ सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा, गायक आनन्द कार्की र सङ्गीतकार गायक अर्जुन पोखरेललगायतका कलाकारहरुले साङ्गीतिक प्रस्तुति दिनेछन् ।

नृत्यतर्फ अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पुजा शर्मा, अभिनेत्री दिपिका प्रसाईं, अभिनेता धिरेन शाक्य, अभिनेत्री निता ढुंगाना, अभिनेत्री स्वेता खड्का, अभिनेता शिव श्रेष्ठलगायतको प्रस्तुति रहने जनाइएको छ ।

अवार्डका लागी अमेरिकाबाट अभिनेता राज बल्लभ कोइराला, जीवन लुईँटेल, सुमन सिंह, निर्देशक नारायण पुरी लगायतका कलाकार पनि उपस्थित हुनेछन् । अवार्डको नेपालका लागी सुरज आचार्यले संयोजन गरेका हुन् ।

त्यसैगरी अवार्डको एक दिन अगाडी अप्रिल ६ तारिखको दिन सेन्ट जर्ज नेप्लीज क्लबको आयोजनामा राष्ट्रिय कलाकार अस्ट्रेलियामा बस्ने विभिन्न क्षेत्रसँग आबद्ध बुद्धिजिवीहरु बिच मैलीपूर्ण रमाईलो फुटबल खेलको समेत कार्यक्रम रहेको छ । नेपालबाट कलाकार, निर्माता, निर्देशक, गायक–गायिकाहरुलाई बिन्दास ट्रार्भलका प्रबन्ध निर्देशक भानु ढकालले सम्पूर्ण व्यवस्थापन सम्हालेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार