काठमाडौं
माघ २६ ।
‘हे माया सैलुङ्गेमा कुहिरोको घेरो…’ बोलको गीत र ट्रेलर समेत सार्वजनिक गरेको चलचित्र ‘रुमालै छ चिनो’को अर्को गीत सार्वजनिक भएको छ । यहि फागुन १० गते देखि अल नेपाल रिलिजको तयारिमा रहेको चलचित्रको ‘आमा नबस्नु पर्खेर…’ बोलको गीत सार्वजनीक भएको हो ।
नेपाली ठेट लोक शैलिमा बनाइएको यस गीतमा रेशम थापाको शब्द तथा बिरही कार्कीको सङ्गीत र स्वर रहेको छ । युद्दमा सहभागी एउटा सिपाहिले आफ्नो परिवार सम्झिदाको अवस्था झल्काइएको यस गीतमा सुशान्त कार्किको साथमा सन्चिता लुइटेल, मिथिला शर्मालगायतलाई देख्न सकिन्छ भने चलचित्रमा किशिर खतिवडा, अप्सना थापा, लक्ष्मण बिक्रम बस्नेत, रश्मि भट्ट, सुरबिर पण्डित, सन्ध्या खड्कालगायतले अभिनय गरेका छन ।
चलचित्रमा रेशम थापाको कथा रहेको छ भने बिनोद सापकोटाको छायांकन, अर्जुन पोखरेल र बिरही कार्किको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व, सागर लामाको नृत्य, शिव थारुको सम्पादन रहेको छ । चन्द्र खड्का निर्माता रहेको यस चलचित्रको पटकथा, सम्बाद तथा निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन् ।
डेढ दशक अगाडि गायक रेशम थापाले गाएको ‘रुमालै छ चिनो’ गीत चर्चित भएको थियो । उनकै प्रस्तुतिमा सोही बोलको चलचित्र निर्माण भएको हो ।






