‘यात्रा’को टिजरमा सलिनमान र मल्लिकाको प्रेम

काठमाडौ,
माघ २१ ।

आँउदो चैत्र २९ गते देखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘यात्रा’को टिजर सार्वजनिक गरिएको छ । सलिनमान बनियाँको नयाँ चलचित्र ‘यात्रा’को राजधानीमा आयोजित एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरिएको थियो ।

‘यात्राः अ म्युजिकल ब्लग’ नामक चलचित्रको टिजरमा नायक सलिनमानको साथमा चलचित्रकी नव-नायिका मल्लिका महत्तको प्रेमलाई देखाइएको छ भने नायक सलोन बस्नेतलाई भिलेनको लुक्समा देखाइएको छ ।

चलचित्रमा सलिनमान, सलोन र माल्लिकाको अलावा रेयर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, विशाल कटुवालको मुख्य भूमिका रहेको छ । सम्राट शाक्यको निर्देशन रहेको चलचित्र यात्रामा सम्राटकै कथा र पटकथा रहेको छ ।

चलचित्रमा लगानी सुशिल पोखरेलको रहेको छ भने विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ति तिमिल्सिना यसका सह–निर्माता रहेका छन् । केशव भट्टराईको प्रस्तुती रहेको चलचित्रमा सर्जुमान लिगल कार्यकारी निर्माताको रुपमा छन् ।

यसमा तपाइको मत

अन्य समाचार