उपत्यकासहित देशभरका क्याम्पस अगाडि नेपाल विद्यार्थी संघको प्रदर्शन

काठमाडौं,
माघ १३ ।

उपत्यकासहित देशभरका क्याम्पस अगाडि नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । सहमति बिनै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराइएको विरोधमा नेपाल विद्यार्थी संघले उपत्यकासहित देशभरका क्याम्पसअगाडि प्रदर्शन गरेको हो ।

काठमाडौको पशुपति, पुल्चोकलगायतका क्याम्पस अगाडि नेविसंघले सरकारविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको छ । आजै दिउँसो महिला संघले पनि माइतिघर मण्डलामा विधेयक विरुद्ध प्रदर्शन गर्ने जनाइएको छ ।

नेपाली काँग्रेसले सरकारविरोधी आन्दोलन चर्काउने नीति लिएसँगै नेविसंघलगायतका भातृ संगठनले प्रदर्शनका कार्यक्रम शुरु गरेका हुन् ।

काँग्रेसको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले चिकित्सा शिक्षा विधेयक पारित भएको थियो । यो विधेयक पारित भएसँगै काँग्रेस सरकारविरुद्ध आक्रमक भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार