सबैले हेर्न मिल्ने ‘सयकडा दश’

काठमाडौं,
माघ ९ ।

चलचित्र ‘सयकडा दश’लाई चलचित्र सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र (सबैले हेर्न मिल्ने) दिएको छ । निर्देशक रामशरण पाठकले सेन्सर बोर्डबाट प्राप्त प्रारम्भिक प्रतिक्रिया उत्साहजनक रहेको बताए । चलचित्र आगामी १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको यो चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असर देखाउन खोजेको छ । मनोज गजुरेलको यो डेब्यु चलचित्र हो । मनोजसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेकोलगायतकाको अभिनय रहेको छ चलचित्रमा ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सञ्जिव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । निर्माणका लागि दर्शन नेपालले डीआर म्युजिक एन्ड ट्रेडिङसँग सहकार्य गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार