यस्तो आयो ‘समर लभ’को अफिसियल ट्रेलर

काठमाडौं,
पौष २३ ।

चलचित्र ‘समर लभ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । घोषणाको ३ वर्षपछि प्रदर्शनका लागि तयार भएको चलचित्रको ट्रेलर सोमवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

युवा लेखक सुविन भट्टराई द्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ मा आधारित यो चलचित्रको ट्रेलरमा पुस्तकका केही हृदयस्पर्शी र रमाइला संवादहरुलाई विशेष प्राथमिकता दिइएको छ ।

निकैनै आकर्षक ढङ्ग बाट ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाइ प्रस्तुत गरिएको छ । चलचित्रमा सुरज सिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिकलगायतले अभिनय गरेका छन् ।

सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले सङ्गीत भरेका छन् । ब्यबसायिक रुपमा सफल चलचित्र ‘नाइ नभन्नु ल ३’ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र ‘समर लभ’ लाइ निर्देशन गरेका हुन् ।

वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रोसँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीहरुको मन जित्नेमा आफू ढुक्क रहेको निर्देशक ढकालले बताए ।

चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् भने सम्पादन अर्जुन जिसीको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार