चलचित्र ‘चौका दाउ’ युनिट चितवनमा

चितवन
पौष १८ ।

यहि पुस २७ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसारका लागि चितवन आएको छ । मङ्गलबार हेटौंडा बाट आफ्नो मोफसल यात्रा सुरु गरेको चलचित्र ‘चौका दाउ’ को टोलीले बुधबार चितवनमा पत्रकार भेटघाट आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिएको हो ।

पत्रकार भेटघाटमा चलचित्र निर्देशक पुर्णेन्द्र झाले चलचित्रमा विभिन्न हाँस्य कलाकारले अभिनय गरेको र चलचित्र समाजिक हाँस्य विधामा निर्माण गरिएकोले समाजमा देखिएका समस्यालाई हाँस्यव्यङ्ग्य तरिकाले चलचित्रमा उतारिएको बताए । चलचित्रमा चार जना बुडाहरुले युवतीसँग सम्बन्ध राख्न के के गर्न तयार हुन्छ भन्ने बिषयमा रहेर निर्माण गरिएको बताए ।

पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ कलाकार एवम् चलचित्रका मुख्य कलाकार सन्तोष पन्तले चलचित्रको कथावस्तु राम्रो रहेकोले आफू पनि चलचित्रप्रति सकरात्मक रहेकाले अभिनय गरेको बताउँदै समाजको यथार्थलाई चलचित्रको पर्दामा कैद गरिएकाले सबैले हेर्नैपर्ने बताए ।

त्यस्तै चलचित्रकी नायिका वर्षा राउतले मानिसले काम विगारेपछि त्यसको भागिदार आफैँ हुनु पर्ने भन्ने सन्देश चलचित्रले दिएको बताइन् ।
चलचित्र ‘चौका दाउ’कार्यक्रममा चलचिल निर्माण टोलीका सदस्य एवम् पत्रकार डब्बु क्षेत्रीले चलचित्रका बारेमा सहजीकरण गरेका थिए । चलचित्र युनिट चितवनमा पत्रकार भेटघाट सकेर बुटवल हुँदै पोखरासम्म पुग्ने बताइएको छ ।

चौका दाउका परिकल्पनाकार एवम् बरिष्ट सङ्गीतकार शम्भुजीत बासकोटा हुन् । चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा कथा, सङ्गीत र गायन पनि बासकोटाकै रहेको छ ।

अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्वन्द्व निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् ।

चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ ।

चलचित्र यही पौष २७ गते देखी देखि देशभरका सिनेमाघरमा आउँदै छ ।  सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार