साहित्य सन्ध्यामा समाजवादी यथार्थवाद र नेपाली साहित्य विषयक परिचर्चा

काठमाडौं,
पौष ९ ।

साहित्य सन्ध्यामा ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयक परिचर्चासहित कविगोष्ठी आयोजना गरिएको छ । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ डा.हेमनाथ पौडेल, जनगायक जे.बी.टुहुरे, गायक एवम् सङ्गीतकार माधव प्रधानलगायत उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. पौडेलले ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयमाथि तथ्यपरक, यथार्थपरक र विश्लेषणमूलक ढङ्गले उदाहरणसहित विशद चर्चा गर्नुभएको थियो ।

जनगायक जे।बी।टुहुरेले ‘देशभक्तहरू सबै जुट्नुपर्ने भो’ र ‘पानी सलल’ बोलका गीत गाउनुभएको थियो भने गायक माधव प्रधानले ‘जाति र पाती म मान्दै मान्दिन’ बोलको चर्चित गीत गाउनुभएको थियो । सोही समारोहमा बालसाहित्यकार देवकी के।सी।द्वारा लिखित ‘अनौठो तरिकाले’ बालकथासङ्ग्रहको पनि लोकार्पण गरिएको थियो ।

गोष्ठीमा कणाद महर्षि, उमेश उपाध्याय, धनबहादुर मगर, देवकी केसी, ओमप्रसाद कोइराला, डिल्लीराज अर्याल, राम विनय, मुकुन्द न्यौपाने, गोपाल नेपाल, डा।हेमनाथ पौडेल, डा।हरिप्रसाद सिलवाल, उर्मिला पन्त, कात्यायन, असीम सागर, गणेश घिमिरे ‘मार्मिक’, पार्वती ज्ञवाली, मिसन अधिकारी, मदन मगर, नन्दु उप्रेती, नारायण निरासी, प्रकाश जोशी, अनिता लामा, ऐश्वर्य जोशी, बैरागी जेठा, भावना न्यौपाने, प्रशान्त खरेल र ख्यालमान राईले आआफ्ना कविता, गजल वाचन गर्नुभएको थियो ।

वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक डा. हरिप्रसाद सिलवालले समीक्षा गर्नुभएको थियो । राम विनयले साहित्य सन्ध्याले हरेक महिनामा कुनै न कुनै समसामयिक विषयमा गम्भीर बहस गर्ने र कवितावाचन गर्ने विशेष समारोहको आयोजना गर्ने गरेको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार