काठमाडौं,
पौष ६ ।
चलचित्र प्रेम संसार बन्ने भएको छ । चलचित्रको राजधानीको भद्रकाली मन्दिरमा बिहिबार मुर्हत गरिएको हो । समाजिक प्रेम कथामा निर्माण हुन लागेको यो चलचित्रको मुर्हत सर्टको निर्देशन सोभित बस्नेत, कल्याप उत्तम केसी, क्यामारा स्वीच अन रबि कार्कीले गरेका थिए । कलाकार प्रेम सोनी, मोनिका दाहाल र आयुष्मा कार्कीले मुहर्त सर्ट दिएको कार्यक्रमा अस्मिता भण्डारीले नरिबल फोडेकी थिइन ।
सोनी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई प्रेमबहादुर सुनार र कमल सुनारले निर्माण गर्न लागेका हुन । प्रेम सोनीको कथा लेखन, शंकर महर्जनको द्वन्द्व, रामचन्द्र गौतमको पटकथा ̷ सम्वाद, दिपेन वस्नेतको छायाँकन, प्रेम शर्माको सम्पादन रहने चलचित्रमा एकिन्द्र सारा शंकरको नृत्य निर्देशन रहने छ ।
काठमाडौं, पोखारा, चितवन, पर्वत, स्याङ्जालगायतका स्थानमा छायाँकन गरिने यो चलचित्रमा प्रेम सोनी, मोनिका दाहाल, विविशा पाण्डे, सोभित बस्नेत, उत्तम केसी, आयुषमा कार्की, रामचन्द्र अधिकारी, शुरवीर पण्डित, लक्षमणविक्रम बस्नेत, राजकुमार शाह, सुदन धिताल, अस्मिता भण्डारी, सिता वि.क., सुनिल वि.क., श्रृष्टी सुनार, गणेश सुनार, सौगात शोनी, प्रज्जवल सोनी, विशाल सोनी, टंक मरासिनी, किशोर पाण्डे, सूर्य विश्वकर्मा, हिरालाल विश्वकर्मा, राजकुमार पौडेल, अर्जुन पौडेललगातका कलाकारको अभिनय रहने छ ।

चलचित्रमा पर्वत स्टारमा भाग लिएका कलाकारको पनि अभिनय रहने निर्माणपक्षले जनाएको छ । विकास क्षेत्री प्रोडक्सन म्यानेजर रहेको चलचित्रका गीतमा अर्जुन पोखरेल र बीबी अनुरागीको सङ्गीत रहने छ । यही १२ गते देखि छायाँकनमा जाँदै गरेको चलचित्रलाई तीनसय भन्दा बढी म्युजिक भिडियो र ८ भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक गरेका राम गौतमले निर्देशन गर्दैछन् । यसिअघि उनले चलचित्र जाऊँ हिड पोखरा निर्माण गरेका थिए ।






