साहित्यकार कमला प्रसाईंलाई नारी रत्न अवार्ड

काठमाडौं,
पौष ४  ।

अन्तर्राष्ट्रिय साहित्यिक विशिष्ट नारी रत्न अवार्ड साहित्यकार कमला प्रसाईंलाई प्रदान गरिने भएको छ । उर्वरा फाउन्डेसन नेपाल उहाँलाई यो अवार्ड प्रदान गर्न लागेको हो ।

फाउन्डेसनले पहिलोपटक ‘अन्तर्राष्ट्रिय साहित्यिक विशिष्ट नारी रत्न अवार्ड’को घोषणा गर्दै अमेरिकाको न्युयोर्कमा रहेर नेपाली साहित्यमा विशेष योगदान पु¥याए बापत वरिष्ठ साहित्यकार कमला प्रसाईंलाई पहिलो पटक सो अवार्ड प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । प्रसाईंका दुईवटा कवितासङ्ग्रह, एक गीतिसङ्ग्रह र एक नाटकसङ्ग्रह प्रकाशित छन् ।

साहित्यकार प्रसाईं विभिन्न साहित्यिक संस्थाहरुमा सल्लाहकार र मानार्थ समेत रहेकी छिन् । अमेरिकन सरकारले समेत प्रसाईंलाई विशेष सम्मान दिइसकेको छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा पनि आबद्ध छिन् ।

फाउन्डेसनले ‘अन्तर्राष्ट्रिय साहित्यिक विशिष्ट नारी रत्न अवार्ड’ प्रत्येक वर्ष प्रदान गर्ने फाउन्डेसनकी अध्यक्ष देवकी अभिलाषीले जनाकारी गराइन ।

यसमा तपाइको मत

अन्य समाचार