काठमाडौं,
मंसिर २७ ।
बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गर्ने भएको छ । जस अन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँबर्षको छेको पारेर म्युजिक फेटिभलको पहिलो आयोजना गर्न लागिएको आयोजक समीर बलामीले बताएका छन् ।
नेपालगञ्ज र कोहलपुरको बीच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभलहुने भएको हो । कार्यक्रममा गायक राजेशपायल राई, कमल खत्रीको साथै नेपाल आईडल सिजन एकका सुरज थापा र सुजाता पाण्डेले प्रस्तुति दिने छन् ।
हाँस्यकलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हसाँउने छन् । कार्यक्रमलाई नरेश भट्टराईले सञ्चालन गर्नेछन् । कार्यक्रममा आईटम नृत्यहरु पनि प्रस्तुत हुने बताइएको छ ।






