‘डोली’लाई ‘पिजी’

काठमाडौं,
मंसिर २५ ।

चलचित्र डोलीले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । यही शुक्रबार अर्थात् २८ मंसिरदेखि देशभरका सिनेमाघरमा आउँन लागेको यो चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । पिजी सर्टिफिकेटका कारण डोली हेर्न १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको साथ लाग्नुपर्ने छ ।

किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा जयराम थापाको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्रलाई आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्दैछ । निर्देशक सानेकै लेखन रहेको चलचित्रले समाजीक सन्देशका साथ भरपुर मनोरञ्जन दिने दावी निर्माण पक्षको छ ।

यसमा तपाइको मत

अन्य समाचार