मिसेस इन्टरनेशनलकी विजेता चन्दालाई बधाई ज्ञापन

काठमाडौं,
मंसिर २३ ।

केहि समय अघि सिगापुरमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ को उपाधि चुमेकी चन्दा थापा गिरीलाई बधाई ज्ञापन गर्दै रिवन इन्टरटेनमेन्टले शनिवार एक कार्यक्रम आयोजना गरेको छ ।

रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा केही समय अघि राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीले सिंगापुरमा सम्पन्न विबाहित महिलाबिचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा यो सफलता हात पारेकी थिईन ।

सिंगापुरको आर्केड कन्ट्रि क्लबमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ मा गिरीले पे्रmण्डली इन्टरनेशन उप उपाधि पनि चुमेकी थिईन् ।

प्रतियोगितामा नेपालसहित अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीहरुले स्पर्धा गरेका थिए । प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार