काठमाडौं,
मंसिर २३ ।
बुगीउगी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रराज पौडेल र सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने शंकर थापा स्माइलको सङ्गीत रहेको छ ।
गीतको भिडियोमा कवितासँगै पुस्कर देखिएका छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सुशील न्यौपानेको र प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ ।
चलचित्र ‘ठुली’को निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । विभिन्न कवितासङ्ग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए ।
https://www.youtube.com/watch?v=8DCiisCayR0






