काठमाडौं,
मंसिर १६ ।
चलचित्र ‘रणवीर’को टिजर सार्वजनिक गरिएको छ। माघ १८ देखि देशभरका सिनेमाघरमा आउँन लागेको यो चलचित्रको टिजरमा सुशील सिटौला र प्रशान्त ताम्राकारलाई एक्सन अवतारमा देखाइएको छ ।
गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा चलचित्रमा सिटौला र ताम्राकारसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।
‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको सङ्गीत रहेको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।






