सपना र सुदिपको ‘जवानीको टयाक्स… ’ (भिडियोसहित)

काठमाडौं, 
मंसिर १३ ।

नेपालको पहिलो महिला र्यापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ र्याप गीत ‘जवानीको टयाक्स… ’ सार्वजनिक भएको छ ।

मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमार्ण गरेको हो ।

डान्सिङ गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । सुदिप जोशीको शब्द तथा सङ्गीत र राकेश सोनीको एरेन्ज रहेको छ गीतमा ।

जेम्स जोशीको कोरियोग्राफी, सन्जय धमलाको निर्देशन, उशा पराजुलीको सम्पादन रहेको गीतको भिडियोमा विष्णु पौडेल, राहुल परियार लाक्पा दाण्डी शेर्पा, चाँदनी मल्ल, नूर पन्त, आस्था थापालाई फिचरिङ गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार