काठमाडौं,
कार्तिक ३० ।
थुप्रै गीत मार्फत स्रोता/दर्शकको मन मष्तिकमा राज गर्न सफल गायक उर्गेन डी लामा निर्देशनतर्फ पनि आफूलाई प्रस्तुत गरेका छन् ।
दुइ दशकदेखी नेपाली साङ्गीतिक क्षेत्रमा आफ्ना क्रियशनहरु प्रस्तुत गर्दै आएका उनले म्युजिक भिडियोको निर्देशन गरेका छन् । उनको आफ्नै गीतको भिडियो निर्देशन गर्दै उनि स्रोता/दर्शकमाझ आउन लागेका हुन् ।
उनको नयाँ गीत ‘फुलको माला उनेर…’को भिडियोमा ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाइले अभिनय गरेका छन् । ‘हामीले सबै तयारी गरिसकेका छौ, छिट्टै नै स्रोता/दर्शकमाझ गीतको भिडियो लिएर आउँदै छौ’, उर्गेनले भने ।
गायक तबला बादक समेत रहेका उर्गेन बरिष्ट थान्का आर्टिस्ट समेत हुन् । बिगत २ दशक देखि थान्का ब्यबसाय गर्दै आएका उनि नेपालको टप १० थान्का आर्टिस्टमा पर्दछन् ।






