काठमाडौं,
कार्तिक १७ ।
केही समयअघि मात्र ‘मलाई हजुरले लाएको टोपी मनपर्यो’ गीतको भिडियो ल्याएकी सङ्गीतकार तथा गायिका निलम रोजुलेसपटक ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको गीत ल्याएकी छन् । गीतकारसमेत रहेकी निलमको ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको नयाँ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा स्वरमात्र नभएर शब्द तथा सङ्गीत पनि उनैको रहेको छ । निलमलाई स्वरमा गायक सुरेश लामाले साथ दिएका छन् । निलमले ‘कति सुहायो त्यो कालो कोटमा’ गीतलाई पुर्वेली लोक-फ्लेवरमा ढालेकी छन् । उक्त गीतले कालो कोट लगाउनेहरुलाई प्रशसा गरेको छ । गीतको आशय माया-प्रेममै केन्द्रित छ ।
‘कति सुहायो त्यो कालो कोटमा’ बोलको यस गीतको भिडियोलाई नृत्य निर्देशक कमल राई निर्देशन गरेका हुन् । उक्त गीतमा दक्षकुमार राई, कला राई, पवन पाठकलगायतका कलाकारले अभिनय गरेका छन् ।
युवराज राईले खिचेको ‘कति सुहायो त्यो कालो कोटमा’ भिडियोमा कोरस डान्सहरुको प्रयोग गरेर फिल्मीशैली अपनाइएको छ । जसलाई दर्शक तथा स्रोताले रुचाउने अपेक्षा निलमले गरेकी छन् । दीक्षा प्रोडक्शनले निर्माण गरेको यस भिडियोलाई निलमले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।






