काठमाडौं,
कार्तिक १६ ।
उज्यालोको पर्व तिहार निजिकिदै छ । तिहारको अर्को पक्ष भनेको यस सम्बन्धित गीत सङ्गीत हो । यही मेसोमा विनोद गुरुङको स्वरमा रहेको झिलिमिलि तिहार सार्वजनिक भएको छ । एनके ब्रदरको शब्द/सङ्गीत रहेको गीतलाई कुमार थापाले एरेञ्ज गरेका छन् ।
नारायण रिजालको निर्देशन रहेको गीतमा डोल्मा, रोशन, शोभा, अजयलगातलाई फिचरिङ गरिएको छ । राहुल राईको छायाँकन रहेको गीतको भिडियोलाई शुरेस राउतले सम्पादन गरेका हुन् ।






