काठमाडौं,
कार्तिक १३ ।
बविना किरातीको स्वरमा रहेको गीत ‘शुन्य भाछ… ’ सार्वजनिक भएको छ । डी आर अटुको सङ्गीत, सुरेन्द्र कार्कीको शब्द, राजु कार्कीको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विजयकुमार बमको निर्देशन रहेको गीतको भिडियोलाई विकाश मगरले छायाँकन र विनोद बमले सम्पादन गरेका छन् । भिडियोमा विजय, दीपा र सन्ध्याको अभिनय रहेको छ ।






