काठमाडौं,
कार्तिक ६ ।
शिव परियारको स्वर तथा सङ्गीतमा ‘अलि अलि…’ गजल सार्वजनिक भएको छ । राहुल साहद्धारा निर्देशित गजल ‘अलि अलि….’को म्युजिक भिडियो सार्वजनिक भएको हो । राहुल साहसँगै नायिका अलिशा शर्माले गीतको भिडियोमा अनस्क्रिन रोमान्स गरेका छन् ।
‘फिदा…’ भन्ने उर्दु शब्दलाई प्रयोग गरिएको यस गजललाई इन्द्रनारायण चोंग्वाङ् लिम्बुले लेखेका हुन् । अक्सर गरेर मध्यम बिटमा सुनिने गजलको मान्यतालाई भत्काउँदै गायक तथा सङ्गीतकार शिव परियारले यस गजलमा समय सापेक्ष सङ्गीत गायन प्रस्तुत गरेका छन् ।
हट सिक्वेन्समा बनेको यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्ले छायाँकन तथा सम्पादन गरेका हुन् भने विजेश्वरराज तण्डुकारले सङ्गीत संयोजन गरेका छन् । ‘अलि अलि…’ बोलको गीत शिवालय भाग २ एल्बममा समाबेश गरिएको छ ।






