काठमाडौं,
आश्विन १८ ।
चलचित्र ‘बिर बहादुर’ बन्ने भएको छ । झण्डै तीन दर्जन चलचित्र निर्देशन गरिसकेका ऋषि न्यौपानेको निर्देशनमा चलचित्र ‘बिर बहादुर’ बन्ने भएको हो ।
गाउँबाट सुरु भएर शहर हुँदै पुनः गाउँमा अन्त्य हुने त्रिकोणात्मक प्रेम कथामा आधारित रहने निर्देशक न्यौपानेले जानकारी गराए ।
प्रेममय चलचित्र ‘बिर बहादुर’मा बिक्रम क्षेत्री, आशिष हमाल, उषा खनाल, सुरबीर पण्डित बिरेन डि.सी.लगायतका कलाकारको अभिनय रहने र छायाँकन घलेगाउँ, लमजुङ, पोखरा र काठमाडौंमा हुने बताईएको छ ।






